Friday, April 15, 2011

स्वागतम

मनका भावका  कैयन रुप  हुन्छन । मनमा रहेका बिभिन्न भाव जस्तै हर्ष दुख पिडा खुशी बेदनाहरु कुनै न कुनै रुपमा भने अवश्य आएका  हुन्छन  चाहे त्यो अव्यक्त रुपमा होस् अथवा ब्यक्त रुपमा ।  यस्ता भावहरु  कि त शारीरिक हाउभाउ कि त बोलीको माध्यम बाट प्रस्फुटित हुने गरिन्छ । र जनमानसमा लेखन माध्यम बाट  यसको सन्देश प्रभाव  सिर्जना वा प्रवाहित माध्यम नै साहित्य बन्ने गरेको छ ।
आदिम काल देखि नै साहित्यको   प्रार्दुभाव भएता पनि कालान्तर मा मात्र यसको बिस्तार भएको पाइन्छ  र आजको यो समयसम्म  आइपुग्दा साहित्य क्षेत्र धेरै  परिस्कृत भएको छ ।  छन्द गद्य ठाउँमा मुर्त अर्मुत जस्ता शब्दले स्थान लिएको अवस्था छ तथापि स्वरुप परिवर्तन हुदा पनि रचनाहरुको मिठास अझै पनि कायम छ । उस्तै स्वादिलो छ । 
गीति लेखनकार्य बाट शुरु भएको मेरो साहित्यिक यात्रा   त्यसपछि कविता लघुकथाहरु हुदै अगाडि बढिरहेको छ । हालसम्म कैयन गीत कविता लघुकथाहरु बिभिन्न साहित्यिक पत्रिका बिशेष गरी साप्ताहिक खवर पत्रिकाहरु बिभिन्न साहित्यिक अनलाइनहरु मा प्रकाशित भइसकेका छन् भने कैयन त्यसै थन्किरहेका छन ।
तिनै प्रकाशित रचनाहरु यस ब्लग मार्फत फेरी सार्वजनिक गरेको छु । बिभिन्न साल बिभिन्न मितीमा प्रकाशित रचनाहरुको स्रोत पनि खुलाएको छु । र भविष्यमा पनि प्रकाशित अन्य रचनाहरु पनि अधावधिक गरिदै लगिने छ ।

- ठाकुर मान लामा