Monday, August 13, 2007

कविता

हजारौँ चोटि
रचना - ठाकुर मान लामा

हजारौँ चोटि नियाली हेरे
तिमी आईछ्यौ कि भनेर
तर
भ्रम मात्र रहेछ
बतासको सुस्केरासँगै आउने त
रुखको पात पो रहेछ

हजारौं चोटि कोशिश गरेँ
तिमीलाई बिर्सन्छु कि भनेर
तर
मनले मान्दै मानेन
पुर्णिमाको रातमा उदाउने चन्द्रमालाई
केही गरी पनि नउदाऊ भन्न सकिँन

हजारौँ चोटि प्रयास गरे
तिमीदेखि टाढा हुन्छु कि भनेर
तर
अहँ मैले सकिन
आफ्नोछातीभित्र रहेको मुटुलाई
चट्ट चुँडाल्न पनि त म सक्दिन

श्रोत : तन्नेरी डट कम / शब्दांकुर