Wednesday, September 19, 2007

गीत

मरेको छैन त्यो जीउदो छ अझै
रचना - ठाकुर मान लामा

मरेको छैन त्यो जीउदो छ अझै
देशको निम्ति मर्नेहरु अमर हुन्छ सधै

एउटा तारा खसेर के भो
असंख्य तारा भेटिन्छन्
देशको रक्षार्थ निम्ति कयौं
वीर सपुतहरु जन्मिन्छन्
डराउदैनन् उनीहरु बरु
बनिदिन्छन् शहिदहरु
मरेको छैन................

आफ्नो प्राणभन्दा देशलाई
शीर माथि राख्दछ
जन्म्यो त्यो धर्तीमा
यसैका लागि बाच्दछ
माग्दैनन् उनीहरु बरु
अर्पिदिन्छन् प्राणहरु
मरेको छैन .......

सच्चा माया गर्छन्
देशलाई उनीहरु
यसमाथि पर्न दिन्नन्
पर्राईका छायाहरु
भाग्दैनन् उनीहरु बरु
फोडिदिन्छन् पहाडहरु
मरेको छैन त्यो जीउदो छ अझै
देशको निम्ति मर्नेहरु अमर हुन्छ सधै

श्रोत: तन्नेरी डट कम
गीत

मुखले नबोले पनि आँखाले बोलिदिन्छ
रचना - ठाकुर मान लामा

मुखले नबोले पनि आँखाले बोलिदिन्छ
जति टाढा होऊ तिमी सम्झना चै मनमै हुन्छ

भुल्न खोजेपनि भुलिदैन माया
जता हेर्‍यो उतै तिमी देख्छौ मेरै छाया
जति रीस गरेपनि माया मनमै हुन्छ
जति टाढा होऊ तिमी सम्झना चै मनमै हुन्छ

झरेको आँशुभित्र माया लुकेको हुन्छ
सामुन्ने मलाई नदेख्दा मेरै गीत बज्छ
तर्केर हिडेपनि माया मनमै हुन्छ
जति टाढा होऊ तिमी सम्झना चै मनमै हुन्छ

मुखले नबोले पनि आँखाले बोलिदिन्छ
जति टाढा होऊ तिमी सम्झना चै मनमै हुन्छ


श्रोत : तन्नेरी डट कम