कविता
उँच-नीचको पतङ्गले हिर्कायो
रचना - ठाकुर मान लामा
'नहिँड्नू यो बाटो बुझ्नु तेरो लागि बनेको होइन
नहेर्नू नजर झुकाउनु सधै ठूलो तँ कदापि
हैन'यस्तै तीखा बचन म ह्दयभरि बोकी हिँड्दैछु
रूप मानिसको तर कर्म एक भेडाको जस्तै सँगाल्दैछु
रगत रातै भन्छन् सबले सुन्छु देख्छु म पनि
किन बैरी भएँ म उसका लागि त्यसैले सोच्छु हर घडी
छुन हुन्न रे सामान केही म त अछुत रे
छोइ हाले केही गरी अन्जानैमा पनि उसको जात जान्छ रे
गार्हो सार्हो सानो तिनो काम गर्न चाहीँ बोलाउँछन्
सकिएपछि कुकुरलाई लखेटे झैँ लखेटछन्
कुनै भाउ दिन्नन् कुनै मान दिन्नन् किन यस्तो
मानिस त म पनि हुँ तर मलाई हेर्ने नजर किन सस्तो
थाहा छ देवतालाई कसले पो देखेको छ र
तब उसले मैले बाल्ने दीयोमा फरक के नै छ र
जीवन चक्रमा बाँधिएर जो सुकै हिँड्नुपर्दछ
फेरि उसले नै किन अमृत पिएको जस्तो गर्दछ
सृष्टिको सिर्जना गजब छ मानिसलाई नै ठूला साना बनाउने
ठूला त ठूला भए सानालाई भुसुना पनि नगन्ने
यही माटोले जन्मायो मलाई यही माटोले हुर्कायो
आमा यही माटो ठूली तर उँच नीचको पत्तङ्गले मलाई हिर्कायो
श्रोत : नेपाल यूथ सोसाइटी ( तन्नेरी डट कॉम )
Saturday, July 25, 2009
Tuesday, July 14, 2009
लघुकथा
बजेट
रचना- ठाकुर मान लामा
उसले ऋण गरेर भए पनि त्यसै थन्किरहेको थोत्रो रेडियो हिजै मात्र बनाएर ल्याएको थियो । उसको मुहारमा एक किसिमको चहक उत्सुकता प्रष्टै बाहिरबाट देखिन्थ्यो । बिहान उठेदेखि उ त्यो रेडियो सँग टपक्क टाँसिरहेको थियो मानौ त्यो रेडियो कुनै टिनको सानो बक्सा होइन उसको काखे छोरा नै थियो ।
त्यो रेडियो उसकी श्रीमतिले दाइजोस्वरुप ल्याएकी थिइन । गत बर्ष बजेटले उ जस्तालाई केही राहत दिने रोजगारीको ग्यारेण्टि दिने जस्ता कुरा बाहिर आउँछकि भन्ने उसले सोचेको थियो । परिस्थिती बदलिएको अवस्थामा उसले त्यस्तो आशा राख्नु पनि एकदम जायज थियो । तर उसले सोचेजस्तो नआउँदा उसलाई भित्रभित्रै रिस उठेको थियो । फलस्वरुप रिसको झोकमा उसले त्यो रेडियोलाई भुईमा बॆस्सरी बजार्यो । त्यसपछि उसले त्यो रेडियोलाई फेरी बनाउने हेक्का राखेन ।
मंहगी चुलियो । ज्यामी मजदुर गरेर उसले बल्ल तल्ल केही छाक छोड्दै भएपनि जीवन धानिरहेको थियो । बन्द हडतालले त उसको त्यो श्रम पनि लगभग बेकार हुने अवस्था भइरहेको थियो । यतिकैमा सरकार फेरीयो । र त्यो सरकारबाट बजेट घोषणा हुने तयार भयो । अब त केही आउला कि भोकै बस्नु पर्ने दिन नआउला कि नभए पनि बेरोजगारी भत्ता बढ्छ कि भन्ने आशमा उसले सो रेडियो बनाएको थियो ।
त्यसकै लागि आज मजदुर गर्न उ बाहिर पनि गएको थिएन । बजेट आउने क्रम शुरु भयो । उसले उत्सुकता पुर्वक कान चनाखो पारेर सुन्यो । मन्त्रीको आवाज धोत्रो सायद धेरै बेर बोलिरहदा त्यस्तो भएकोले हुन सक्छ प्रष्ट आइरहेको थिएन । पानी घटघट पिएको पनि सुनियो । र त्यसपछि फेरी मन्त्रीको भाषण जारी रहने काम भयो । दई तीन घण्टा सुनिरहदा पनि गरिबहरुको लागि ज्यामी मजदुरहरुको लागि भनेर एउटै कुरा आएन । यतिकैमा बजेट यति खर्बको…… करोड भनी मन्त्रीले बजेट भाषण टुङ्ग्याएको सुनियो ।
रिसले उसले त्यो रेडियो ' लौ खा.........' भन्दै भुईमा बजार्यो बिगतको बर्ष झै। अब चाहि त्यो रेडियो केही गरी पनि नबनाउने भनेर अठोट गर्यो । र हिड्यो बाहिर । अर्को कोठाबाट श्रीमति चाहि उसको क्रियाकलाप निरन्तर चुपचाप नियालिरहेकी थिइन अबोध बालिका झै……………।
श्रोत : नेपाली साहित्यिक मंच

Subscribe to:
Posts (Atom)