कविता
कुर्सी मोह
रचना - ठाकुर मान लामा
हैन यो कुर्सीको मोह पनि कस्तो कस्तो
जहा गए पनि छोड्न मन नलाग्ने के भा यस्तो
पहिले पहिले भुइमा पलेटी मारेर बस्दा पनि हुने
अहिले एक छिन बस्न नपाउदा ढाड दुखेर आउने
भोज भतेर सेमिनार जहा पनि कुर्सी चाहिने
बसेर केही क्षण भए पनि शान देखाउन पाइने
अचेल सुत्ने खाटनीर एउटा कुर्सी नभई हुदैन
कसैले चोरेर लैजाला त्यसैले रातमा निदै आउदैन
यही कुर्सीमा बस्दा आफुलाई संसारकै मालिक ठान्छु
नजरबाट ओझेल हुदाा केही गुमाएको जस्तो पाउछु
जताततै कुर्सी नै कुर्सी यो आखाले देख्छु
के भा यस्तो मलाई बताइदेउन मित्र तिम्रो पाउ पर्छु
कोही बसिदेला यसमा चनाखो भई यसो हेर्छु
छ भने एक लात दिदै बेस्सरी झपार्छु
बस्न कोही पाउदैन नातावाद होस् कि कृपावाद
यही एउटा त छ जय होस कुर्सी सधै जिन्दावाद
श्रोत : सिस्नुपनी नेपाल को डामाडोल डट कम
Sunday, July 22, 2007
Subscribe to:
Posts (Atom)