Tuesday, December 4, 2007

गीत

पखाल्ने मिल्ने सक्ने भए
रचना - ठाकुर मान लामा

पखाल्न मिल्ने सक्ने भए यी दागहरु आँशुले नै पखालीदिन्थे
मेट्न मिल्ने सक्ने भए यी रेखाहरु भाग्य बदल्न मेटिदिन्थे

साँघुरो जीवन अत्यास लाग्ने भएछ नी
कस्तो जीवन सस्तो लाग्ने भएछ नी
पहाडसँग जुध्ने साहस त्यो पनि हराएछ नी

फेर्न मिल्ने सक्ने भए यी मनहरु मुटलाई नै फेरी दिन्थे
मेट्न मिल्ने सक्ने भए.........................

यस्तै जीवन भइदिएछ
काँचको सिसा टुकि्रएर
भुइमा चकनाचुर भइदिएछ
सार्थक लाग्ने जीवन पनि अर्थहिन भइदिएछ

जलाउन मिल्ने सक्ने भए यी पापहरु आगो लगाई जलाइदिन्थे
मेट्न मिल्ने सक्ने भए......................

पखाल्न मिल्ने सक्ने भए....................
मेट्न मिल्ने सक्ने भए.......................

श्रोत : समकालीन साहित्य