Wednesday, December 12, 2007

गीत

नेपाली माया

रचना - ठाकुर मान लामा

सुन्दर सुन्दर झरनाहरु

सुन्दर सुन्दर पहाडहरु

यस्तै नै माया पाएको छु

जहाँ जाउ मैले

नेपाली माया पाएको छु

ठूलो भारी बोकी हिड्ने दाई हलो जोत्दैछ

घाँस स्याउला बोकी हिड्ने दिदी लिपपोत गर्दैछिन्

हाँसी दिन्छन् अरुलाई निधारको पसिना पुछी

दिन्छन् पिउन मोही हजुर अँागनीमा बसी

सुन्दर सुन्दर आँगनहरु

सुन्दर सुन्दर मुस्कानहरु

यस्तै नै माया पाएको छु

जहाँ जाउ……………

उटिङ्ट्याङ खेल्दै हिड्ने भाई मादल ठोक्दैछ

चानाना भन्दै हिड्ने बहिनी गाउदै नाच्दैछिन्

सघाउदै हिड्छन् अरुलाई गर्दै मिठो बोली

त्यसैले त हाँसी दिन्छ यो धरती दिलै खोली

सुन्दर सुन्दर बस्तीहरु

सुन्दर सुन्दर लेक बेसीहरु

यस्तै नै माया पाएको छु

जहाँ जाउ ………

सुन्दर सुन्दर झरनाहरु…………।

श्रोत : दोबाटो