Thursday, April 14, 2011

कविता

स्वागत नयाँ बर्ष
रचना : ठाकुर मान लामा

फेरि आयो मनमा नयाँ जोश छर्न
खुशी र उमंगको उदघोष गर्न
भोलीका सुनौला दिन अनि विहान
साँच्दै नयाँ सपना र कल्पना
आयौ तिमी फेरी हर दैलो दैलोमा

हिजोका ती नमिठा तित्तता मेटन
हिजोका थुप्रिएर रहेका रित्तता भर्न
द्वेश र घृणाको खाडल पुर्न
माया अनि ममताको सागर बाडन
आयौ तिमी फेरी हर दैलो दैलोमा

जीवनलाई लालीगुराँस झै फुलाउन
प्रगतिपथको त्यो वाटोमा डोर् याउन
चिर्दै त्यो दुःखको भुवरीलाई
समुन्नत भविष्यको आशमा अनि मुस्कानमा
आयौ तिमी फेरी हर दैलो दैलोमा

स्वागत हे नयाँ वर्ष तिमीलाई
स्वागत छ तिमीलाई
हर दैलौ दैलोमा
हर दैलो दैलोमा

श्रोत : घटना र बिचार