Monday, October 29, 2007

गीत

तिमी सपनीमा आऊ
रचना - ठाकुर मान लामा

तिमी सपनीमा आउ तिमीलाई परी देख्छु
तिमी बर्षायाममा आउ तिमीलाई झरीदेख्छु

सङगालेको माया यो ढुकढुकीमा अझै पनि धडकिरहेछ
तिम्रा यादहरु अझै यो मनमा छाईरहेछ

तिमी वनपाखामा आउ तिमीलाई फुल देख्छु
तिमी अधेरीमा आउ तिमीलाई जुन देख्छु

सङलो माया दिन्छु तिमीलाई सागरको पानी जस्तै
निश्चल माया भावनामा बगे अमर हुन्छ सधै

तिमी गीतमा आउ तिमीलाई सरगम देख्छु
तिमी कथाको पानामा आउ तिमीलाई अक्षर देख्छु

तिमी सपनीमा आउ
तिमी बर्षायाममा आउ

श्रोत : समकालीन साहित्य

Thursday, October 18, 2007

गीत

धेरै धेरै अर्थ लाग्छ तिमीले शीर झुकाउँदा
रचना - ठाकुर मान लामा

धेरै धेरै अर्थ लाग्छ तिमीले शीर झुकाउँदा
धेरै धेरै अर्थ लाग्छ गाला रातो पारी लजाउँदा

यस्तै हुन्छ होला पहिलो पहिलो माया
सधै देखूँ हुन्छ होला उसकै मात्र छाया

धेरै धेरै अर्थ लाग्छ भोक निद्रा हराउँदा
धेरै धेरै अर्थ लाग्छ सिरानमै उसलाई सम्झिँदा

कहिले भेटूँ हुन्छ होला उसले बोलाउदा
कसरी मनका कुरा ऊ सामु राख्ने होला

धेरै धेरै अर्थ लाग्छ सबै चीज प्यारो लाग्दा
धेरै धेरै अर्थ लाग्छ संसार नै आफ्नो भनिदिँदा

श्रोत: तन्नेरी डट कम
कविता


निर्दिष्ट पहिचान

रचना - ठाकुर मान लामा


मेरा सारा अंग प्रत्याङ्ग

सम्पुर्ण रूपले सबल छन

तथापि आफ्नो

निर्दिष्ट पहिचानको खोजीमा छु

मेरा मन मस्तिष्कमा

सरस्वती माताको ज्ञान सदा सल्बलाउँछन

तापनि आफ्नो

निर्दिष्ट पहिचानको खोजीमा छु

मेरा कर्म मर्महरु

जहिले पनि धर्मानुसार चल्छन

यति हुदा पनि आफ्नो

निर्दिष्ट पहिचानको खोजीमा छु

मेरा गरिएका भनिएका कामहरु

सधै उच्च कोटिमा दर्ने गरिएका छन

तर पनि आफ्नो

निर्दिष्ट पहिचानको खोजीमा छु

मेरा मान प्रतिष्ठा इज्जत

जताततै सर्बब्यापी छन

पनि आफ्नो

निर्दिष्ट पहिचानको खोजीमा छू

त्यसैले मेरो मन खिन्न

नाम दाम इज्जत प्रतिष्ठा जति भए पनि

केही नभएको खोक्रो हावा भरिएको

अस्तित्वबिहिन लाग्दछ

गंतब्य हुदाहुदै पनि

लक्ष्य बिहीन भएर यात्रा गरेको लाग्दछ

आफै पनि

आफैसंग टाढा भागेको लाग्दछ

तर पनि मैले हार मानेको छैन

आफ्नो एउटा बलियो अस्तित्व
मैले आफैले बनाउनु

यही बलियो अस्तित्व भित्र

मैले निर्दिष्ट पहिचान खोज्नु

जसले मलाई भन्ने

आँट दिलाओस


यही अस्तित्व भित्र लिप्त हुन सकुँ

यही निर्दिष्ट पहिचानमा ब्याप्त हुनसकुँ

श्रोत : नेपाली साहित्यिक मंच




Monday, October 15, 2007

गजल

बिश्वाश
रचना - ठाकुर मान लामा

बिश्वास तिम्रैमा यति धेरै जिएँ
अन्तमा खालि आँसुको सागर पिउनु पिएँ
बिश्वास तिम्रोमा नै तिम्रो गीत गाएँ
किन हो त्यहि गीत आज बिरह र निरस बनी छाए
बिश्वास तिम्रोमा नै माया दिएको थिएँ
तर बदलामा छायाँ मात्र किन हो आज सम्म लिएँ
बिश्वास तिम्रो जति गर्दै गएँ
त्यत्तिकै जिन्दगिमा हण्डर पनि त्यसरी नै खाएं
बिश्वास तिम्रो यति धेरै पाएँ
त्यसैले त आज सम्म दुख्न सम्म दुख्यो मुटु हाय

श्रोत : संगालो डॉट बी
कविता

मंगलमय शुभकामना
रचना - ठाकुर मान लामा

नबनोस् आशुँ यो पीर कसैको दशैं तिहारमा
नपरुन कोही कतै पनि जीउनु दासत्वमा
साथ होउन् सबैजना खुशी छाउन सदा सदा
आशिष थाप्छु दॆउ माता गर्छु ह्रदय देखि प्रार्थना
दिउन माता दुर्गा भवानी शक्ति सबैजनामा
बसुन् बास माता लक्ष्मी हरेकको मनमा
पाप श्राप सबै मौलि जाउन् नआओस् फेरी जीवनमा
मंगलध्वनी गुन्जियोस हर किनार बहारमा
शान्ति समृद्धि छाईरहोस् हर मोडमोडमा
सुखसयल बनिरहोस् जहीतही एक एक कूनामा

श्रोत: समकालीन साहित्य