कविता
निर्दिष्ट पहिचान
रचना - ठाकुर मान लामा
मेरा सारा अंग प्रत्याङ्ग
सम्पुर्ण रूपले सबल छन
तथापि म आफ्नो
निर्दिष्ट पहिचानको खोजीमा छु
मेरा मन मस्तिष्कमा
सरस्वती माताको ज्ञान सदा सल्बलाउँछन
तापनि म आफ्नो
निर्दिष्ट पहिचानको खोजीमा छु
मेरा कर्म मर्महरु
जहिले पनि धर्मानुसार चल्छन
यति हुदा पनि म आफ्नो
निर्दिष्ट पहिचानको खोजीमा छु
मेरा गरिएका भनिएका कामहरु
सधै उच्च कोटिमा दर्ने गरिएका छन
तर पनि म आफ्नो
निर्दिष्ट पहिचानको खोजीमा छु
मेरा मान प्रतिष्ठा इज्जत
जताततै सर्बब्यापी छन
र पनि म आफ्नो
निर्दिष्ट पहिचानको खोजीमा छू
त्यसैले मेरो मन खिन्न छ
नाम दाम इज्जत प्रतिष्ठा जति भए पनि
केही नभएको खोक्रो हावा भरिएको
अस्तित्वबिहिन लाग्दछ
गंतब्य हुदाहुदै पनि
लक्ष्य बिहीन भएर यात्रा गरेको लाग्दछ
र म आफै पनि
आफैसंग टाढा भागेको लाग्दछ
तर पनि मैले हार मानेको छैन
आफ्नो एउटा बलियो अस्तित्व
मैले आफैले बनाउनु छ
मैले आफैले बनाउनु छ
यही बलियो अस्तित्व भित्र
मैले निर्दिष्ट पहिचान खोज्नु छ
जसले मलाई म भन्ने
आँट दिलाओस
र
यही अस्तित्व भित्र लिप्त हुन सकुँ
यही निर्दिष्ट पहिचानमा ब्याप्त हुनसकुँ
श्रोत : नेपाली साहित्यिक मंच
No comments:
Post a Comment