Thursday, October 18, 2007

कविता


निर्दिष्ट पहिचान

रचना - ठाकुर मान लामा


मेरा सारा अंग प्रत्याङ्ग

सम्पुर्ण रूपले सबल छन

तथापि आफ्नो

निर्दिष्ट पहिचानको खोजीमा छु

मेरा मन मस्तिष्कमा

सरस्वती माताको ज्ञान सदा सल्बलाउँछन

तापनि आफ्नो

निर्दिष्ट पहिचानको खोजीमा छु

मेरा कर्म मर्महरु

जहिले पनि धर्मानुसार चल्छन

यति हुदा पनि आफ्नो

निर्दिष्ट पहिचानको खोजीमा छु

मेरा गरिएका भनिएका कामहरु

सधै उच्च कोटिमा दर्ने गरिएका छन

तर पनि आफ्नो

निर्दिष्ट पहिचानको खोजीमा छु

मेरा मान प्रतिष्ठा इज्जत

जताततै सर्बब्यापी छन

पनि आफ्नो

निर्दिष्ट पहिचानको खोजीमा छू

त्यसैले मेरो मन खिन्न

नाम दाम इज्जत प्रतिष्ठा जति भए पनि

केही नभएको खोक्रो हावा भरिएको

अस्तित्वबिहिन लाग्दछ

गंतब्य हुदाहुदै पनि

लक्ष्य बिहीन भएर यात्रा गरेको लाग्दछ

आफै पनि

आफैसंग टाढा भागेको लाग्दछ

तर पनि मैले हार मानेको छैन

आफ्नो एउटा बलियो अस्तित्व
मैले आफैले बनाउनु

यही बलियो अस्तित्व भित्र

मैले निर्दिष्ट पहिचान खोज्नु

जसले मलाई भन्ने

आँट दिलाओस


यही अस्तित्व भित्र लिप्त हुन सकुँ

यही निर्दिष्ट पहिचानमा ब्याप्त हुनसकुँ

श्रोत : नेपाली साहित्यिक मंच